गृहमा सुरक्षा समितिको बैठक : सीमामा थप कडाइ गरिने
सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर भइसकेको छ ।

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो समितिको बैठक बसेको हो । बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सोही अनुसार तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ ।