रास्वपा नेता र सांसद विरुद्धको अवहेलना सम्बन्धित प्रमाणहरु पेश गर्न सर्वोच्चको आदेश


११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरुविरुद्ध दायर अदालतको अवहेलना निवेदनमा सम्बन्धित प्रमाणहरु पेश गर्न आदेश दिएको छ ।

निवेदनका साथ उल्लेखित विवरणहरुसँग सम्बन्धित कागजात र प्रमाणहरु पेश गर्न न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले आदेश दिएको हो तर आदेशको प्रति भने सार्वजनिक भइसकेको छैन ।

पोखरामा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रिय पदाधिकारी एवं सांसदहरुले प्रदर्शन गर्दै आएका थिए ।

अधिवक्ता अनुपम भट्टराईले प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दवाव स्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकासर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उनले निवेदनमा लेखेका छन्, ‘अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पार्ने गरी न्याय प्रक्रियालाई दुष्चक्रमा पार्ने गरी रास्वपाका सांसद र पार्टीका सदस्यहरु लाग्दा विधायिकाले नै कानूनी प्रक्रिया र फौजदारी न्याय प्रणालीमा अवरुद्ध गर्ने काम गर्दै आएका छन् ।’

सर्वोच्च अदालतले प्रमाण र कागजात बुझाउन त्यही निवेदनको प्रारम्भिक सुनुवाईपछि आदेश दिएको हो ।

रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बाग्मती प्रदेशका सभापति डा।अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा, लगायत रवि लामिछाने बाहेक २० जना सांसदलाई नै विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *