राष्ट्रपति पौडेल कुलपूजा गर्न रिस्ती आउने
राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ ।

२८ वैशाख, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जन्मथलो व्यास नगरपालिका-८ रिस्ती आउने भएका छन् । कुलपूजाका लागि राष्ट्रपति पौडेल सिस्ती आउन लागेका हुन् ।
सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत दमौली आउने र त्यसपछि गाडीबाट रिस्ती पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ ।
सुरक्षा व्यवस्थामा विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
स्थानीय बासिन्दाहरूले राष्ट्रपति पौडेलको आगमनको स्वागतका लागि तयारी गरेका छन् ।
कुलपूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने जनाइएको छ ।