युद्धविराम कायम राखेकोमा ट्रम्पले गरे भारत र पाकिस्तानको प्रशंसा

ट्रम्पले अमेरिकाले ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएकोमा पनि गर्व रहेको बताए।


काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू भारत र पाकिस्तानको बलियो दृढ नेतृत्वमा गर्व गर्ने बताए।

उनले भने,‘सही समयमा बुद्धि र साहस देखाएर यो द्वन्द्व रोक्ने निर्णय गरे। द्वन्द्वले लाखौँ निर्दोष मानिसको मृत्यु र ठुलो क्षति निम्त्याउन सक्थ्यो।’

ट्रम्पले अमेरिकाले ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएकोमा पनि गर्व रहेको बताए।

उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने पनि उल्लेख गरेका छन्। ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *