नेपाल हङकङसँग पराजित
नेपालका लागि कविता कुँवरले मात्रै २ विकेट लिइन्। आजको खेलमा पूजा महतो सबैभन्दा महँगो बलर सावित भइन्।

काठमाडौं : आइसीसी टी २० महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल हङकङ चाइनासँग ७ विकेटले पराजित भएको छ। वर्षाको कारण मैदान भिजेपछि खेल ५ ओभरमा सीमित भएको खेलमा नेपालको ब्याटर नचलेपछि हार बेहोर्यो। टेरथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा २९ रन बनाएको थिए।
जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ। अब नेपाल र हङकङ दुवैले बहराइनसँग खेल्न बाँकी छ। नेपालले शीर्ष स्थानमा रहेको बहराइनलाई हराउनै पर्ने हुन्छ।
नेपाललाई अब हङकङ र बहराइन बीचको खेलको नतिजाले पनि फरक पार्नेछ। नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइन बीचको खेल शुक्रबार हुनेछ।