दिल्लीलाई १० विकेटले पराजित गर्दै गुजरात प्लेअफमा

गुजरातका ओपनरद्वय कप्तान शुभ्मन गिलर शाही सुदर्शनले २०५ रनको अभिजित साझेदारी गर्दै टिमलाई फराकिलो जित दिलाएका हुन्।

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समाथि १० विकेटको जित निकाल्दै गुजरात टाइटन्सले प्लेअफको स्थान पक्का गरेको छ। आइतबार अरुण जेटली स्टेडियम दिल्लीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले १९९ रन बनाएको थियो। दिल्लीले दिएको २०० रनको विजय लक्ष्य पछाएको गुजरातले १९ ओभरमा बिना कुनै विकेटको क्षति पुरा गर्‍यो।

गुजरातका ओपनरद्वय कप्तान शुभ्मन गिलर शाही सुदर्शनले २०५ रनको अभिजित साझेदारी गर्दै टिमलाई फराकिलो जित दिलाएका हुन्। शाही सुदर्शनले १०८ रन बनाउँदै अभिजित रहे भने सुमनगिल ९३ रनमा अभिजित रहे।

त्यसअघि ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९९ रन बनाएको थियो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक ११२ रनको अविजित शतकीय पारी खेलेका थिए। उनले ६५ बलमा १४ चौका र चार छक्का प्रहार गरे। अभिषेक पौडेलले ३० रन र कप्तान अक्षर पट्यालले २५ रन बनाए। त्रिस्टन स्टुब्स २१ रनमा अविजित रहे।

गुजरातका लागि अर्षद खान, प्रसिद्ध कृष्ण र शाही किशोरले १-१ विकेट लिए। पहिलो खेलमा पन्जाब किङ्सले राजस्थान रोयल्सलाई १० रनले हराएको थियो। गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि फराकिलो जित निकालेसँगै गुजरात, आरसीबी र पञ्जाबले प्लेअफ पक्का गरेका हुन्। अब  दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सले प्लेअफमा रहेको एक स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *