गुल्मीमा मोटरसाइकल दुर्घटना, सब-इञ्जिनियरको मृत्यु

प्रहरी नायब उपरीक्षक सारुका अनुसार चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो ।

गुल्मी : गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक सब- इन्जिनियरको मृत्यु भएको छ। गएराति जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक सारुका अनुसार चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो । उनी मोटसाइकलमा एक्लै सवार गरेका थिए । अनियन्त्रित भएर मोटसाइकल नालीमा खसेपछि चालक चौधरीलाई साधनले च्यापेको थियो ।

सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको मोटरसाइकल राति करिब १०:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक चौधरी हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब-इञ्जिनियरको रूपमा कार्यरत थिए ।

मृतकका परिवारलाई जानकारी गराइएको र शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *