राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो १८ औं गभर्नर पाएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा. डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्दै राष्ट्र बैंकको नेतृत्वमा देखिएको अन्यौलता अन्त्य गरेको हो।
साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।