राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
गभर्नर चयन प्रक्रिया लम्बिँदै जाँदा राजनीतिक वृत्तमा समेत असर परेको थियो। यस विषयलाई लिएर सत्ताभित्र चुलिएको भनिएको असमझदारी र संकट समेत पौडेलको नियुक्तिसँगै टरेको छ।
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो १८ औं गभर्नर पाएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा। डा। विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्दै राष्ट्र बैंकको नेतृत्वमा देखिएको अन्यौलता अन्त्य गरेको हो।
गभर्नर चयन प्रक्रिया लम्बिँदै जाँदा राजनीतिक वृत्तमा समेत असर परेको थियो। यस विषयलाई लिएर सत्ताभित्र चुलिएको भनिएको असमझदारी र संकट समेत पौडेलको नियुक्तिसँगै टरेको छ।
मंगलबार अपरान्ह मात्र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। तीमा प्रा। डा। विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम समावेश थियो।
तीमध्ये पहिलो प्राथमिकतामा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गरेको हो। अब राष्ट्र बैंकको नीतिगत र प्रशासनिक नेतृत्व पौडेलको काँधमा आएको छ।