बैतडीमा बिहानै २ पटक भूकम्पको धक्का

आज बिहान १:४८ मा ५.१ र २:०० बजे ३.७ रेक्टर स्केलको भूकम्प आएको हो ।

बैतडी : बैतडीमा आज बिहानै २ पटक भूकम्पको धक्का महसुस गरिएको छ। बैतडी सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प आएको हो ।

सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ मा ५.१ र २:०० बजे ३.७ रेक्टर स्केलको भूकम्प आएको हो ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *