मानव तस्करी प्रकरणको छानबिनकै बीच अध्यागमन कार्यालयका कर्मचारीकाे सरुवा

मानव तस्करीमा संलग्नताको आशंकामा प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईको मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।

९ जेठ, काठमाडौं— गृह मन्त्रालयले अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धानबीच गृह मन्त्रालयले अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा गरेको हो।

मानव तस्करीमा संलग्नताको आशंकामा प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईको मोबाइलसमेत नियन्त्रणमा लिइएको छ। त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाइरहेका बेला गृहमन्त्री रमेश लेखकको निर्देशनमा अध्यागमनका कर्मचारीहरू हटाइएका हुन्।

सरुवा हुनेहरूमा ९ जना नायब सुब्बा, १ सहायक कम्प्युटर अपरेटर र ४ कम्प्युटर अपरेटर छन्। तीमध्ये केहीलाई दुर्गम जिल्लाहरूमा पठाइएको छ भने अरूलाई कारागार व्यवस्थापन विभाग अन्तर्गत खटाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *