होटल व्यवसायीलाई राहत,अब राति ११ बजेसम्म सञ्चालन अनुमति

पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरण कायम राख्न उक्त निर्णय गरिएको हो।

काठमाडौं : काठमाडौं जिल्लामा सञ्चालित होटल तथा रेस्टुरेन्टले अब राति ११ बजेसम्म सेवा सञ्चालन गर्न पाउने भएका छन्। होटल व्यवसायीहरूको निरन्तर माग, संवाद र दबाबपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा समय एक घण्टाले लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले होटल व्यवसायीहरूको आग्रहलाई सम्बोधन गर्दै राति ११ बजेसम्म सञ्चालनको अनुमति दिने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार सुरक्षा, पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरण कायम राख्न उक्त निर्णय गरिएको हो।

होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालका अनुसार लामो समयदेखि व्यवसायीहरू प्रहरीको सिटी फुकाइका कारण समयअगावै व्यवसाय बन्द गर्न बाध्य थिए। यसले ग्राहक सन्तुष्टि घटाउनुका साथै व्यवसायमा प्रतिकूल असर परेको भन्दै संघले बारम्बार प्रशासनसँग संवाद गर्दै आएको थियो।

‘हामीले होटलहरूलाई रातभर सञ्चालन गर्न दिने व्यवस्था मिलाउन अनुरोध गरेका थियौं। त्यो सम्भव नभए कम्तीमा राति १२ बजेसम्म सञ्चालनको माग राखेका थियौं,’ अध्यक्ष सुरेश बरालले भने, ‘हालका लागि राति ११ बजेसम्मको अनुमति पाउनु व्यवसायीका लागि तत्कालको सन्दर्भमा राहत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *