ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

२०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा आफ्नै नेतृत्वमा सहकारी खोलेका देवकुमारले एकाएक धनाड्यका रुपमा देखा परेका थिए ।

१३ जेठ, पोखरा । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई दुबै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । इमेज सहकारी खोलेर जनताको बचत रकम अपचलन गरेको प्रकरणमा बागलुङपछि कास्की जिल्ला अदालतबाट पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश भएको हो ।

असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ ।

सूर्यदर्शन सहकारीमा उपाध्यक्षबाट अध्यक्ष बन्न जीवी राईले नदिएपछि देवकुमारले आफैं सहकारी खोलेर जनताको बचत रकबाट समाजमा ठूलो रवाफ देखाउनेदेखि आफ्ना नाममा बागलुङ, पोखरा, काठमाडौं, नवलपुर, चितवनजस्ता ठाउँमा घरजग्गा जोड्ने, हेलिकप्टरमा सवार गर्ने गरेको उनीमाथि आरोप थियो ।

२०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा आफ्नै नेतृत्वमा सहकारी खोलेका देवकुमारले एकाएक धनाड्यका रुपमा देखा परेका थिए । यहीबीचमा उनले बागलुङ बजार, बुर्तिबाङ र पोखरामा ठूला ठूलो भवनहरुसमेत टठ्याएका थिए । नेकपा माओवादीबाट टिकट नपाएपछि रातारात एमाले प्रवेश गरेर टिकट पाएर २०७४ सालमा ढोरपाटन नगरपालिकाको मेयर जितेका नेपालीले २०७९ सालको चुनावमा पनि एमालेबाट दोस्रोपटक मेयर जितेका थिए ।

ओरियन्टल, शिवशिखर, जीवी राईको नेतृत्वमा खुलेका सहकारीबाट बचतकर्ताको रकम हिनामिना भएको सार्वजनिक भएसँगै सूर्यदर्शन, इमेजलगायतका सहकारीबाट पनि ठूलो रकम हिनामिना भएको तथ्य बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *