संसद बैठक आधा घण्टाका लागि स्थगित
त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’का नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध जनाएका छन्।
१३ जेठ, काठमाडौं । संसद् बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधका बीच आधा घन्टाका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।