आफताब आलमलाई मस्तिष्कघात

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका आलम बुधबार रिहा भएका थिए।

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। आलामलाई अन्नपूर्ण न्युरो अस्पतालको आइसीयुमा भर्ना गरिएको छ।

शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई न्युरो अस्पताल पुर्‍याइएको थियो। उनको आइसीइमा उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले जानकारी दिए।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका आलम बुधबार रिहा भएका थिए। त्यअघि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *