माई खोलामा आएको बाढीले २२ घर डुबानमा

बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको छ ।

१७ जेठ, विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए ।

माई खोलाको बाढीले झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका हुन् । बाढीले जेठा टुडु माइला, सोम बास्की, ताला सोरेन, जेठा टुडु कान्छा, मण्डल टुडु जेठा, शुकदेव टुडु, मण्डल टुडु कान्छा, कृष्ण टुडु, साईवा टुडु जेठो, जेठा टुडु, साइँला टुडु, गोपाल टुडु कान्छा, काले टुड घर डुबानमा परेका छन् ।

त्यस्तै धरमलाल हेमरम, रञ्जन टुडु, चन्दु सोरेन, गोपाल टुडु जेठो, साईवा टुडु कान्छा, श्याम टुडु, बुधलाल हाँस्दा, सुनिराम टुडु, गुणन टुडुलगायतको घरमा डुबानमा परेको प्रहरीले जनाएको छ ।

बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको छ ।

प्रहरी उपरीक्षक लिम्बुका कारण निकास नहुँदा निर्माणाधीन सडकको डाइभर्सनमा पानी जमेका कारण यातायातमा समस्या भएको हो । ‘पुल कल्भट निर्माणका लागि डाइभर्सन बनाइएको छ’, उनले भने, ‘सडक छेउमा माटो पुरेर बनाइएका डाइभर्सनमा केही समस्या आएको हो ।’

उनका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो ।

नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उनले बताए । उनका अनुसार केही घरमा बाढीको पानी पसेको हो ।

मनसुन भित्रिएको एक दिनपछि वर्षासँगै आएको बाढीका कारण  कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *