दुम्किवासमा डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

यात्रुबाहक सवारी र हल्का सवारी साधनहरूलाई होङ्सी गेटबाट सर्दी हुँदै पठाइएपनि मालबाहक गाडी भने रोकिएका छन् ।

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको छ ।

विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए ।

डाईभर्सन बगाएपछि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । डाईभर्सन पुन: बनाउने प्रयास भइरहेको जिल्ला प्रहरीको भनाई छ । यात्रुबाहक सवारी र हल्का सवारी साधनहरूलाई होङ्सी गेटबाट सर्दी हुँदै पठाइएपनि मालबाहक गाडी भने रोकिएका छन् ।

विनयी खोलामाथिको पुल भासिएको ५ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो । वर्षा हुनासाथ डाईभर्सन बगाएर यातायात अवरुद्ध हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *