मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका राख्ने तयारी
बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ ।
२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ ।
केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।