दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ बेलायती नागरिक रहेको पुष्टि

पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

२९ जेठ, काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।

एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

एयर इन्डियाले के भन्यो ?

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गरेको छ। उसले लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’

एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू सार्वजनिक गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *