दुर्घटनाग्रस्त जहाजमा सवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी

२४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।

२९ जेठ, काठमाडौं । भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो ।

२४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।

अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । भारतीय समय अनुसार १ बजेर ३८ मिनेटमा जहाज टेकअफ गरेको थियो । लगत्तै जहाज विमानस्थल बाहिर दुर्घटनामा परेको हो । अहिले उद्धारको काम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *