माधव नेपालको थुनछेक बहस ३ बजेबाट

अब दिउँसो ३ बजेबाट थुनछेक बहस हुनेछ ।

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको बयान सकिएको छ । विशेष अदालतमा नेपालको बयान केहीबेरअघि सकिएको हो ।

बयान सकिएपछि अहिले खाजा ब्रेक भइरहेको छ । अब दिउँसो ३ बजेबाट थुनछेक बहस हुनेछ ।

अध्यक्ष नेपाल आज आफैं विशेष अदालतमा उपस्थित भएका थिए ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *