असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री

समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्‍याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताएका हुन् ।

११ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उनको भनाइ थियो ।

‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ । त्यसलाई १४ गते नै पास गर्छौं,’ गृहमन्त्री लेखकले भने, ‘चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ । यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ ।’

समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्‍याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताएका हुन् ।

सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन गृहमन्त्री लेखकले आग्रह गरेका छन् ।

समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *