विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुन्छ : श्यामकुमार घिमिरे
सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने बताए ।
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने बताए ।
अर्का एक सांसदले सोधे, ‘आजै पेस हुन्छ ?’ घिमिरेले जवाफ दिए, ‘आजै पेस हुन्छ ।’
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।