रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका छन् ।

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य व्यवस्था सभापति रामहरि खतिवडाले राजीनामा दिनु पर्ने बताएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका छन् ।

राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ प्रवक्ता झा को सुझाव छ, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

साथै रास्वपाका प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *