अमेरिकाको वालमार्ट सुपरमार्केटमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते
ट्राभर्स सिटीमा भएको छुरा प्रहारको घटनापछि एक संदिग्ध व्यक्तिलाई हिरासतमा राखिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
११ साउन, काठमाडौं । अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते भएका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरुको मुनसन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । अस्पतालका अनुसार ६ जना बिरामीको अवस्था गम्भीर छ।
ट्राभर्स सिटीमा भएको छुरा प्रहारको घटनापछि एक संदिग्ध व्यक्तिलाई हिरासतमा राखिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनाको अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।