वायुसेवा निगमको जहाज खरिदमा २५ लाख डलर घुस दिलाएका शर्मा दोषी ठहर

(एफसीपीए) को घुसविरुद्ध प्रावधान उल्लंघन गरेको ठहर गर्दै शर्मालाई दोषी ठहर


१७ मंसिर, काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा नेपाल वायुसेवा निगमको ठूलो आकार (वाइड बडी) जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको भन्दै दोषी ठहर भएका छन् ।

एफसीपीएले अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्ध प्रावधान उल्लंघन गरेको ठहर गर्दै शर्मालाई दोषी ठहर गरेको हो । एफसीपीएले यसबारे आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । शर्मा वायुसेवा निगमको दुई थान ‘ए३३०–२००’ सिरिजका वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा ‘एजेन्ट’ का रूपमा देखिएका थिए ।

निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइड बडी जहाज बिक्री गरेको थियो । त्यसका लागि निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

एएआरको हालै प्रकाशित वार्षिक प्रतिवेदनमा वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन भएको एफसीपीएको अनुसन्धान खुलासा भएको थियो ।

नेपाली सरकारी अधिकारीहरूलाई घुस खुवाउन शर्मा र उनको टोलीले अमेरिका, आयरल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायत देशमा बैंक खाता खोलेको प्रतिवेदनमा छ ।

विभिन्न देशमा बैंक खाता खोली निगमले पठाएको रकम स्थानान्तरण गरी करिब २५ लाख अमेरिकी डलर बराबर रकम नेपाली सरकारी अधिकारीहरू र विदेशी सरकारी अधिकारीहरूलाई घुस खुवाउन शर्माले मध्यस्थता गरेको एफसीपीएले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *