सर्वोच्चको भ्रष्टाचारी ठहर भएका राणालाई पेन्सन दिन अन्तरिम आदेश

बहुचर्चित सुडान घोटाला प्रकरणका कसुरदारमध्येका एक ओमविक्रम राणाको पेन्सन नरोक्नु


१७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले आफैंले भ्रष्टाचारी ठहर गरेका एक कसुरदारको पेन्सनपट्टा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

बहुचर्चित सुडान घोटाला प्रकरणका कसुरदारमध्येका एक ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर भएकाहरूलाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको पत्रपछि राणाको पेन्सन रोकिएको थियो ।

१७ साउन, २०८१ मा राणाले पेन्सन रोकिएको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदन दर्ता भएको करिब चार महिनापछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । आदेशको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

अख्तियारले सुडान प्रकरणमा २८ करोड ८१ लाख भ्रष्टाचार भएको दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सर्वोच्चको अन्तरिम आदेशपछि राणाले मुद्दाको टुंगो नलागुञ्जेलसम्म नियमित पेन्सन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *