१११ अंक बढ्यो सेयर बजार

९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो ।

५ असोज, काठमाडौं । अघिल्लो कारोबार दिन ६ प्रतिशत घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार ४.४४ प्रतिशत बढेको छ । १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ । अघिल्लो दिन २५११ अंकमा झरेको थियो ।

सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो ।

निर्जीवन बीमा बाहेकका सेक्टर बढेका छन् । निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो । भदौ २४ गते थुप्रै व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमा कम्पनीहरुको दायित्व बढेसँगै यो सेक्टरमा नकारात्मक प्रभाव देखिएको हो ।

व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशत बढ्यो । बैंकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ तथा अन्य १.५३ प्रतिशत बढे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *