सुनको मूल्य लगातार बढ्यो , दिनदिनै नयाँ रेकर्ड
आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो ।
१६ भदौ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको जनाएको छ ।
आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।