मार्क वाटको शतकमा कर्णालीको पहिलो जित

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बलमा ४चौका र २ छक्का प्रहार गरे।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको सातौँ खेलमा कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ। लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदै कर्णाली याक्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

यो लुम्बिनीको पहिलो हार हो। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले दिएको १५७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कर्णालीले १२.२  ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

कर्णालीका लागि मार्क वाटले शतकीय पारी खेल्दै कर्णालीलाई सानदार जित दिलाए। उनले ४४ बलमा ११४ रनको अविजित पारी खेले। उनले ६ चौका र १२ छक्का प्रहार गरे। विलियम बासिस्टोले २० बलमाम २ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। यी दुई खेलाडीले दोस्रो विकेटको लागि १२३ रनको अविजित साझेदारी गरे।

कर्णालीको पहिलो विकेटको रूपमा ओपनर प्रियांक पञ्चालको विकेट गयो। उनले १० बलमा १ चौका र १ छककासहित १२ रनमा क्याच भए। पावरप्लेमा १ विकेटको क्षतीमा ६३ रन बनाएको थियो।

लुम्बिनीका लागि एक मात्र विकेट शेर मल्लले लिए।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बलमा ४चौका र २ छक्का प्रहार गरे। उनले दोस्रो विकेटका लागि डार्सी सर्टसँग ३६ र छैटौँ विकेटका लागि  जे जे स्मिथसँग ३५ रनको साझेदारी गरे।
१.३ ओभरमा लुम्बिनीले पहिलो विकेट गुमायो । नन्दन यादवको बलमा विलियम वासिस्टोले क्याच गरे । सन्दीप जोरा १ रनमै पेभेलियन फर्किए।

पावरप्लेमा १ विकेट गुमाउँदै ३६ रन बनाएको थियो। डार्सी सर्टले १९, जे जे स्मिथले २३ रन बनाए। रुबिन ट्रम्पलमेन २९ र शेर मल्ल ७ रनमा अविजित रहे।

कर्णालीका लागि नन्दन यादवले २ विकेट  लिँदा, सोमपाल कामी, विलियम वासिस्टो, गुल्सन झा, मार्का वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो।

लुम्बिनीले भने चितवन राइनोजलाई ६ विकेटले हराएको थियो। आजको दोस्रो खेल काठमान्डु गोर्खाज र विराटनगर किंग्सले खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *