बाढीमा परी निधन भएकाको सम्झनामा आज देशैभरी दीप प्रज्वलन
बाढीमा परी अहिलेसम्म १,३५६ जनाको निधन पुष्टि र करिब ५,००० जना सम्पर्कविहीन छन्।
२२ भदौ, काठमाडौँ । गत भदौ १० गते रसुवा जिल्ला को भोटेकोशी नदीमा आएको बाढीको कारण ज्यान गुमाएकाहर प्रति श्रद्धाञ्जली अर्पण गर्न आज देशैभरि दीप प्रज्वलन गरिएको छ।
साथै बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
रसुवा बाढीमा परेर अहिलेसम्म १३५६ जनाको निधन पुष्टि भइसकेको छ। करिब ५ हजार हाराहारी अझै सम्पर्कविहीन छन्।
भोटेकोशी नदीमा आएको बाढीको कारण ज्यान गुमाएकाहर प्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको थियो।