लिलाबल्लभ अधिकारीको दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुदै
२३ मंसिर, काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुदै छ ।
यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए ।
जापान जाने क्रममा मन्त्री अधिकारि सँगै तिन जनालाइ जापानी अध्यागमनले फिर्ता पठाए सँगै अधिकारीलाइ मानव तस्कर को आरोप लागेको हो । तेसपछि अनुसन्धानका लागि मन्त्री अधिकारीलाई हिरासतमा लिइएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्दा मन्त्रीलाई विभिन्न नौ आधार देखाउँदै मुद्दा नचल्ने निर्णय गरेको थियो ।
उक्त निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नु भनी आदेश माग गरेर त्रिपाठी सर्वोच्च पुगेका थिए ।