सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज २ सय रुपैयाँले बढेर एक तोला  सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ।


११ वैशाख, काठमाडौं । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर एक तोला  सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।

प्रतितोला चाँदी २ हजार  १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ कायम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *