सुनको मूल्य १३ सयले बढ्यो
एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।
काठमाडौं : एक तोला सुनको मूल्यमा १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १३ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।
मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजार कायम भएको थियो।
महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।