सुनको मूल्य १३ सयले बढ्यो

एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

काठमाडौं : एक तोला सुनको मूल्यमा १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार  १३ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजार कायम भएको थियो।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *