गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा
धरानमा प्रहरीले चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो ।
१९ मंसिर,काठमाडौं । प्रहरीले सुनसरीमा गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ ।
धरानमा प्रहरीले चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी डीएसपी रामप्रसाद तिमल्सिनाले प्रहरीले ६४१ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको बताए । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा गोली चलाएको हो ।