राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रोटेस्टसम्बन्धी उपचारका लागि भर्ना
१९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रोटेस्टसम्बन्धी उपचारका लागि भर्ना भएका हुन् ।
उनलाई अस्पताल स्रोतका अनुसार भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ । पूर्वतयारी भए अनुसार नै आज भर्ना गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ ।