मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न चीनलाई प्रधानमन्त्री ओलीको आग्रह
पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध
१९ मंसिर, काठमाडौं । चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नुरोध गरेका छन् ।
आज बिहान चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् ।
‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु,’ उनले सम्बोधनको अन्तिममा भने ।
उनले नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए ।