नेपाल र चीनबीच बीआरआई विकल्पको फ्रेमवर्कमा हस्ताक्षर
फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ
१९ मंसिर, काठमाडौं । नेपाल र चीन सरकार बीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ ।
नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि आज हस्ताक्षर भएको हो।
बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको हो । फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ ।
सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने उल्लेख छ तर यसको पूर्ण विवरण भने आइसकेको छैन ।