काठमाडौंमा यस वर्षको हिउँदयाममा अहिलेसम्मकै जाडो

आज बिहानको तापक्रम ३.४ कायम भएको छ


२८ मंसिर, काठमाडौं । काठमाडौंको जाडो हिजोको तुलनामा आज झन् बढेको छ ।

हिजोको तुलनामा झन् घटेर काठमाडौंको न्यूनतम तापक्रम ३.४ मापन भएको छ । हिजो न्यूनतम तापक्रम ३.९ मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको छ ।

यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै जाडो हो । मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

शनिबार बिहान भने तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *