दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाईं व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ


३ पुस, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश जारी गरेको हो ।

प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराधबाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईंका छोरा निराजन सर्वोच्च पुगेका हुन् । साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाईं व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका थिए ।

यसअघि साइबर अपराधको मुद्दामा थुनामा पर्दा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रहरी हिरासतमा रहेका प्रसाइमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *