कुलमान घिसिङले प्राविधिक समस्याका कारण विद्युत कटौती गर्नुपरेको बताए

लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको भन्दै उनले आपत्ती जनाए


५ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गरेको बताएका छन्।

एक कार्यक्रममा बोल्दै उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएका कारण उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको स्पष्ट पारेका हुन्।

उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपर्ने बाध्य रहेको बताए। बिहान र बेलुकाको पिक आवरमा मात्रै बिजुली कटौती गरिएको उनको भनाइ छ।

अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा र कालीगण्डकी प्रोजेक्टको एउटा युनिट बन्द हुँदा विद्युत आपूर्तिमा समस्या आएको उनले बताए। अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि लोडसेडिङको समस्या समाधान हुने दावी गरे।

लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको भन्दै उनले आपत्ती जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *