दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा

मंसिर २८ गते गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो


५ पुस, काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी आएको छ ।

यसअघि मंसिर २८ गते गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो।

सिंह प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा कार्यरत छन् ।

सिंह ७१.९०५० प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका थिए । ढकालको प्राप्ताङ्क ७०.९९६६ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *