चीनको छेन्दुबाट पोखरा आइपुगे १२९ चिनियाँ खेलाडी

इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन्


११ पुस, काठमाडौं ।चीनका खेलाडीहरु नेपाल आइपुगेका छन् । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए ।

शुक्रबारदेखि पोखरामा सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् ।

दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।

सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लनेछ । पोखराबाट ब्यवसायी, पत्रकारसहितको १ सय २० जना काठमाडौं ओर्लने र पोखरा विमानस्थलबारे पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय उडानका निम्ता सरकारलाई दबाब दिने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *