भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित
भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको हो
१८ पुस, काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएको हो ।
समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको हो ।
राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो ।
त्यसअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।