एमाले सचिवालय बैठक जारी

एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ


१८ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी रहेको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भइरहेको छ।

त्यस्तै एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामका बारेमा समीक्षा हुनेछ। पार्टीको सांगठनिक कामको पनि समीक्षा हुने पार्टीका नेताहरूले बताएका छन्। स्थानीय तहको उपनिर्वाचनमा पार्टीले सोचेअनुरुप परिणाम नआएको एमालेले प्रारम्भिक विश्लेषण छ।

एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ। यस अगाडि केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *