नेप्से परिसूचक सामान्य अंकले बढ्यो
सेयर बजार २५८६ अंकमा कायम भएको छ
१८ पुस, काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार २५८६ अंकमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो ।