पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले

फेसबुकमा स्टाटस लेख्दै खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको बताए

२१ पुस, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। आइतबार बिहानै फेसबुकमा स्टाटस लेख्दै खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

खनालले आफू पार्टीमा निष्कृय रहेको अवस्थामा त्यसको सन्देश दिएको बताए । ‘अहिले म एमालेबाट निष्कृय भइसकेको छु र नयाँ बाटोबारे सोची सकेको छैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *