करेन्ट लागेर युवकको मृत्यु

आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर २७ वर्षीय रोसन माझीको बिहीबार दिउँसो मृत्यु


३ माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर युवकको मृत्यु भएको छ।

बूढानीलकण्ठ नगरपालिका१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौं पेप्सिकोला बस्ने २७ वर्षीय रोसन माझीको बिहीबार दिउँसो मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *