यू–१९ महिला विश्वकपमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै

७ माघ, काठमाडौं । मलेसिया जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट अन्र्तगत आज नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दैछ ।
मलेसियाको बंगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। बंगलादेशसँगको खेलमा ब्याटिङ नचल्दा नेपाल ५२ रनमै अल आउट हुन पुगेको थियो।
आज त्यसलाई सुधार गर्दै जितको खोजीमा नेपाल हुनेछ। स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
समूह डी मा रहेको नेपाललाई सुपर सिक्समा पुग्न कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेल नेपालले बुधबार अस्ट्रेलियासँग खेल्नेछ।

नेपाली टिमः पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *